मुक्तक कि रुबाई??

स्व. प्रबिण बानियाँ
ताप्लेजुङ गजल मञ्च

चतुसपदिय संरचनालाई मुक्तक कि रुबाई भन्ने बिषयमा यतिबेला तातो बहस चलिरहेको छ। पस्चिमतिरका स्रस्टाहरुले यसलाई मुक्तकनै मानिरहेको अवस्थामा पुर्बका स्रष्टाहरुले रुबाईको रुपमा स्वीकारीसकेका छन। मुक्तक पुरानो भएर रुबाई नयाँ भएको हैन। ईतिहाँसलाईनै मान्नेहो भने पनि रुबाईको ईतिहाँस ससक्त पुरानो छ तर साँघुरिएको छ, जति मुक्तकको छैन। यद्धपी ईतिहाँस पुरानो रुबाईकै हो।

अरबी, उर्दु,फारसीमा मौलाएको रुबाईको लागी मोहम्मद ईकबाल, मीर तकी"मीर" जाफर,पिराक जस्ता साहित्यकारहरु रुबाईका लागी दरिला दस्ताका रुपमा दस्तावेजहरुमा उल्लेख छन भने मोतिराम भट्ट, मोहन हिमाँसु थापा, हरिभक्त कटुवाल, शम्भु प्रसाद ढुँगेल, ज्ञानुवाकर पौडेल, जस्ता शाहित्यकारहरु नेपालमा रुबाईका लागी दरिला प्रमाणहरु हुन, जुन बेला रुबाईलाई रुबाई नै नभनिदिएर, नलेखिदिएर 'मुक्तक' भनिदिए अनि लेखिदिए त्यहाँबाट रुबाई बिस्थापित भएर गयो अनि मुक्तक स्थापित भएर आयो। हो रुबाई ओझेलियो ,मुक्तक बाहिर आयो।

यसरी बिबादको आँधीहुरी चलिरहँदा बुटवलका मुरारी पराजुलीले मुक्तक मा पि एच डी गर्न लागेको कुरा सुन्दा अर्को आँधी झोक्का थपिए जस्तो लाग्छ।यत पुर्बतिर भने रुबाईको तमसुकमा हस्ताक्षर गर्ने स्रष्टाहरु दिनानुदिन बढिरहेका छन भने उता पस्चिमतिरका स्रष्टाहरु मुक्तकमै अडिरहेका छन। यहाँ कस्ले जित्ने कस्ले हार्ने भन्ने हारजीतको कुरो हैन साँचोकुरोलाई सबैले स्वीकारौ भन्ने मात्रै हो। एउटै नियम, संरचना अनि स्वरुप मुक्तक र रुबाई रहन सक्दैनन यो साँचो कुरा हो। त्यसैले मुक्तक र रुबाईलाई बेग्ला बेग्लै बनाउनु पर्छ ताकी झ्वाट्ट हेर्दा मुक्तक र रुबाई बेग्ला बेग्लै छुट्टिनु पर्छ। त्यसैले अब मुक्तक र रुबाईको छिनोफानो गर्ने बेला आएको छ। तथापी हामीले मुक्तक पनि मान्नु पर्छ र रुबाई पनि।

अहिले सम्ममा रुबाईको तमसुकमा हस्ताक्षर गर्नेहरुमा पहिलो हस्ताक्षर युवा स्रष्टा प्रकाश आङ्देम्बे [झापा]'ग्याँस चेम्बरमा बुद्व' नै हुन।त्यसो त पुर्बाञ्चल बाट अहिले सम्ममा अनगिन्ती रुबाई संग्रहहरु प्रकाशन भैसकेका छन, भने संग्रहरुको तयारी पनि भै रहेका छन। यसको छिनोफानो गरेर नयाँ सर्जकहरुलाई स्पष्ट धारणा दिन सकियोस।मुक्तक र रुबाईको भ्रममा कसैले पनि अल्मलिनु नपरोस।

ताप्लेजुङ गजल मञ्च, ताप्लेजुङ।

No comments: