साहित्यिक बहस!

सम्पूर्ण कलमप्रेमीहरुमा भोजपुरे साहित्यिक ब्लग आग्रह गर्दछकी हामी यो एउटा नयाँ पाना थप्ने कोशीष गर्दैछौ, यो पाना भनेको हामीले साहित्यिक बहसकोलागी तयार पारेका छौ। यदी तपाईंहरुसँग पनि साहित्य सम्बन्धी बिभिन्न जानकारीहरु भए हामीलाई बहस को पानामा थप्न मद्घत गर्नुहोस। तपाईंको साहित्य सम्बन्धी ज्ञानले अरु सिकारु साहित्यकारहरुलाई ठुलो टेवा पुग्ने छ। सिकारु साहित्यकारहरुलाई नयाँ पथ मिल्ने छ। र तपाईंको सानो एउटा ठुलो सहयोग बन्नेछ, त्यसैले यो बहसमा आफ्नो तर्क राय दिनुहुन आग्रह गरिन्छ।

भोजपुरे साहित्यिक ब्लग परिवार !

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र परिमार्जित...!

-केशु बिरही

अरवीक माटोमा जन्मिएर उर्दु हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट वि।स।१९२३ -१९५३लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि। स। २०३६ जसलाई गजलको आधुनिक काल मानिन्छ साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि। स।२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा त_िम्सएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ती नहोला ।
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गनुे्र छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो र्तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाह्य मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ भनेर गुनासाहरु प्नि आइरहेका छन । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहेको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । छोटो भएकोले मुक्तक वा गाउन सकिने भएकोले गीत भनेर पनि भनिने वा त्यही मुताविक व्यवहार पनि गरिएको पाइन्छ । गाउदैमा गीत र छोटो हुदैमा मुक्तक हुन्छ भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी छ ।
हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ तर यसको अस्तित्व के छ । यसले के प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । अझ गीत नै भनेर छापिदियो भने पनि हामी मख्ख पर्छौ । मेरो रचना छापियो भनेर छाती फुलाऔछौ । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन ।
एक पटक सोच्नु होस त यदि कसैले तपाइलाई अरु नै कसैको नमा लिएर वोलायो भने वा त्यही अनुसार व्यवहार गर्यो भने कस्तो होला । के त्यो तपाईलाई पाच्य हुन्छ के तपाई त्यसलाई सहज मान्नु हुन्छ त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला कस्तो लाग्ला के तपाईलाई यो चित वुज्छ के यसले गजलको विकाशमा टेवा पुग्छ र के यो गजलको अपमान भएन र अनि गजलको अपमान भए पछि तपाई गजलकारको चाही के मान भयो र आफ्नै अपमान भएको मन पराउने हामी कस्तो मानिस हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो संघर्ष वा तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई तिरस्कार गर्नु पर्छ । हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ । वा संघर्ष गर्न सक्नु पर्छ । वुझाउन सक्नु पर्छ । वुझाउन नसक्नु चाही हाम्रो कमजोरी हो ।
हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पत्रिाहरु मधुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ । अर्थात हामी चाकरी चाप्लुसी तर्फ कतै लागेका त छैनौ एक पटक छातीमा हात राखेर सोचौ त
अर्को कुरा भनेको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पुर्वमा वस्ने पुर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । यहा काठमाण्डौ झापाली एउटा दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ । त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर । क्षत्रियता वा पुस्ताको धङ्गधङ्गी हामीबाट कहिलै पनि हराएन । हामी केन्द्रमा वसेकोमा गर्व गर्छौ । त्यहा वसेर रचिएका रचनाहरु अत्कृष्ट हुने र मोफसलमा वसेर रचिएका रचनाहरु कम उत्कृष्ठ हुन्छन भन्ने हामीमा भ्रम छ । हामी भिडलाई विश्वास गर्छौ । साहित्यलाई प्रदर्शनीमा राख्ने सामान ठान्छौ हामी । अनि हामी उचाईमा पुगे पछि उधो देख्दैनौ पनि । अर्थात देख्नै चाहादैनो पनि ।
अनि अर्को कुरा हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयोगी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । सायद यही अभियनमा पनि मलै त्यो छनकको अनुमान लगाएको छु । तर त्यस्तो नहोस भन्ने कुरामा सजकता पनि अपनाएको छु । सवैलाई थाहा छ यो आवस्यक्ता हो । गजलमा बहस चाहिएको छ । तर जुँगााको लडाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समुह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । अर्थात गजलमा परिस्कार चाहेका छन । उनीहरुलाई नेपाली गजलको चिन्ता छ । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो । गजललाई परिस्कार गरेर अझ सुन्दर पार्न पाए हुन्थयो भन्ने सोच छ र यो सवैमा हुनु पनि पर्छ । तर भित्र भित्रै बहर विरोधीहरु जस्लाई बहरवादीहरु गजलविरोधीहरु हुन भनेर भन्ने गर्छन । उनीहरु कै भनाईमा तिनीहरु नै आज खुट्टा तान्न तल्लीत छन । कसरी यिनीहरुलाई पछार्न पाए हुन्थ्यो भनेर हेरिरहेका छन । तर यहा स्तम्भकार प्रष्ट छ । उसले कुनै पनि वादको प्रतिनिधित्व गरेको छैन र गर्दैन पनि । मात्र उसले त गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ कि भन्ने आवाज मात्र निकालेको हो । हुन त त्यसै आधारमा धेरैले यो त बहरवादी भयो । यो समयमा आएर बहरको कुरा गर्नु भनेको गजललाई पुरानै अवस्थामा पुर्याउनु हो । पुनः राजामहाराजाको कोठीमा छिराउनु हो भनेर विरोध पनि नगरेका होइनन । यहा प्रष्ट हुनु जरुरी छ कि यो अवधारणा अर्थात यो अभियान कुनै वादको वकालत गर्न भने आएको होइन । कुनै एउटा कुरालाई मात्र प्रश्रय दिन चाहेको पनि होईन । बहसको क्रममा यी सारा कुराहरु आउन सक्छन । चर्चा परिचर्चा हुन सक्छन । सवैलाई आ-आफ्नो वीचार राख्ने स्वतन्त्रता छ । आफूलाई मन परेको कुरा वोल्न पाउछन । र राख्दै आएका छन पनि । तर ती वीचारले गजललाई नकारात्मक असर चाही पार्नु भएन भन्ने मात्र आसाय हो ।
नेपाली गजललाई अगाडि वड्न नदिने । अर्थात गजलको विकाश भएको हेर्न नचाहाने एउटा समूह छ । त्यो समूह शिक्षित छ तर शिक्षित भएर साह्रै अज्ञानी छ । अर्थात यसलाई अवुझ भने पनि वेस होला । किन भने उनीहरुले हिजो गजलको वारेमा जानेनन वा जान्नै चाहेनन । अर्थात गजलको भविष्यनै देखेनन त्यतिखेर । त्यसैले उनीहरुले त्यो जान्न नचाहाएका पनि हुन सक्छन । उनीहरुले यस्तो सोचेको पनि थिएनन कि गजलले यति चाँडै प्रगति गर्ने छ । गजल यति चााडै लोकप्रीय विधाको रुपमा उदाउने छ भनेर । यी सवै उनीहरुका कल्पना भन्दा वाहिरका कुरा थिए । त्यसैले यो सव पचाउन कठिन भैरहेको छ । त्यस्ता व्यक्तीहरुको पहुच पनि कम छैन । उनीहरु जता ततै छन । आफूलाई सर्वव्यापी तथा सर्वशक्तीमान पनि ठान्दछन उनीहरु । त्यसैले उनीहरु जस्तो सुकै हत्कण्डा अपाएरै भए पनि गजललाई पाखा लगाउन चाहन्छन । गजलको अस्तीत्व समाप्ता गर्न चाहन्छन । त्यसैले कहिले गजल भनेको यो भेल हो । यस्मा कुनै दम छैन । यो त एउटा किर्ने काँडाको झार मात्र हो भन्ने अभिव्यक्ती दिन्छन । हो आज यही कुरालाई चिर्न आवस्यक्ता देखिएको छ ।
नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाका हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरु पनि एउटा शेरले वर्णन गर्न सक्छ भन्ने भनाई पनि पुष्ट भैसकेका छन । त्यसेले पनि उनीहरुका वीचारमा कुनै दम देखिदैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फ भने सोच्नै पर्ने वेला आएको छ । गजललाई फाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन ।
आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । आज यीनै यावत कुरालाई धयामा राख्दै यो अभियानको संचालन गरिएको हो । यसैको लागि पनि हो यो अन लाइन गजल संवन्धी बहस आउनु परेको । आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी यो महन यात्रामा एक भएर अघि वढौ । अनलाइन अर्थात इन्टरनेट बहसमा भाग लिऔ । अनलाईन अभियानको प्रष्ट धारणा रहेको छ । बहस संवन्धीको अवधारणाको वारेमा तल उल्लेख गरिएको छ ।

यो बहसको उद्देष्य भनेको निम्न लिखित रहने छ ः

१ यो बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

२ नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।

३ गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र यसक्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंग छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै विज्ञहरुवाट प्राप्त उत्तरलाई वा सामधानहरुलाई अनलाइनमा राखिने छ ।

४ यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरु वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा अभिभावक संस्था राष्टिय गजल प्रतिष्ठानको निर्माणमा जोड दिने छ । त्यसका लागि आदरणीय अग्रज गजलकारसंग वसेर छनफल गरी निचोडमा पुग्ने यस्को लक्ष रहेकॊ छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी । गजल विरुद्ध हुने आक्रमणमा एक जुट भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।

५ यस बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धनमा तपाइकै धारणा स्थापित गरी त्यो धारणालाई सवै सामु पुर्याउनु पनि हो । अनलाइन अर्थात इन्टरनेटकॊ माध्यमबाट तपाईका धारणा साटासाट गराउनु तथा ती तपाईका धारणाहरु सवै सामु पुर्याउन यो अभियान लागि पर्ने छ ।

६ बहसमा पुराना तथा स्थापित गजलकारहलाई स्वागत गर्ने तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइनुका साथै उनीहरुलाई नेपाली गजल तर्फ अभिप्रेरित गरिने छ ।

७ नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह- अस्तित्वको भावनाका साथ अगाडि वढिने छ ।

बहसमा भाग लिने प्रावधानहरु यस प्रकार रहेका छन ः

क बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानुभावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउँमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।

ख हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा यसलाई अगाडि वढाइनु हो तर सहभागी पाठकको सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ । तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानुभावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।

ग सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी पत्रहरु जिज्ञासा एवम् वीचारहरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।

घ यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरुलाई पनि क्रमै संग राखिने छन । त्यसरी बहसमा आएका विषय वस्तुमा आधारित भएर एउटा बहसको मुल ड्राफ्ट तयार गरिने छन । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छ । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था पनि मिलाइने छ । साथै चाँडै यस संवन्धी एउटा छुट्टै व्लगको पनि निर्माण गरिने योजना रहेको छ ।

बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा birahikeshu@gmail.com मा पठाउन सक्न सक्ने छन । साथै http//www.nepaligazal.com मार्फत गएर वा सिधै गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author dfkm{t jf Sent Your Comment मार्फत पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहसका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फत भने संपूर्ण विचार पनि राखन सक्नु हुनेछ । बहसमा आएका वुँदाहरु म्ाथि उल्लेखित अनलाइन पत्रिकाका साथै http//www.sahityaghar.com, http//majheri.com, http/www.shrijana.com लगायतका पत्रिकामा राखिने छ । साथै फेसवुकमा रहनु हुने महानु भावले सवै जानाकारी फेसवुक मार्फत पनि पाउनु हुने छ । पनि तर इमेल गर्दा युनिकोर्डमा नलगी पि्रति फन्टमा लेखेर पठाउन अनुरोध गरिन्छ ।

अभियान कर्ता:

केशु बिरही
नेपाल गजल प्रतिष्ठान

नोटः अवधारणा अलि प्रष्ठ भएन । प्रष्ठ पारिदिनु पर्यो । कतै बहरलाई प्रश्रय दिन खोजेको पो हो कि गजलको वारेमा वकालत गर्न पो लागेको हो कि भनेर थुप्रै मेल पत्रहरु प्राप्त भए । थुप्रै जिज्ञासाहरु आए । त्यही जिज्ञासाहरु र पाठकहरुको वीचारलाई मध्यनजर राख्दै यो अवधारणा पत्रलाई परिमार्जन गरिएको छ । केही प्रष्ट पार्ने काम मात्र भएको छ । कुनै परिवर्तन भने नगरिएको अवगत गर्न चाहन्छु ।

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु !


-खगेन्द्र पन्धाक लिम्बू

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l


[पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]

१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l

गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:

आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l

रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-

आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l

दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l

३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l

जस्तै: कोष्ठमा हेर्नुस -

आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l

दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l

४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l

जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )


चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-

शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए सानी' भनिन्छ l
सेरको दोश्रो मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l

यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l

लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l

चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l
फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l

जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l

मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l

बाँकी केहि जानकारीको लागि चासो रहे पुन: थप जानकारी राख्ने नै छु

मुक्तक कि रुबाई??

स्व. प्रबिण बानियाँ
ताप्लेजुङ गजल मञ्च

चतुसपदिय संरचनालाई मुक्तक कि रुबाई भन्ने बिषयमा यतिबेला तातो बहस चलिरहेको छ। पस्चिमतिरका स्रस्टाहरुले यसलाई मुक्तकनै मानिरहेको अवस्थामा पुर्बका स्रष्टाहरुले रुबाईको रुपमा स्वीकारीसकेका छन। मुक्तक पुरानो भएर रुबाई नयाँ भएको हैन। ईतिहाँसलाईनै मान्नेहो भने पनि रुबाईको ईतिहाँस ससक्त पुरानो छ तर साँघुरिएको छ, जति मुक्तकको छैन। यद्धपी ईतिहाँस पुरानो रुबाईकै हो।

अरबी, उर्दु,फारसीमा मौलाएको रुबाईको लागी मोहम्मद ईकबाल, मीर तकी"मीर" जाफर,पिराक जस्ता साहित्यकारहरु रुबाईका लागी दरिला दस्ताका रुपमा दस्तावेजहरुमा उल्लेख छन भने मोतिराम भट्ट, मोहन हिमाँसु थापा, हरिभक्त कटुवाल, शम्भु प्रसाद ढुँगेल, ज्ञानुवाकर पौडेल, जस्ता शाहित्यकारहरु नेपालमा रुबाईका लागी दरिला प्रमाणहरु हुन, जुन बेला रुबाईलाई रुबाई नै नभनिदिएर, नलेखिदिएर 'मुक्तक' भनिदिए अनि लेखिदिए त्यहाँबाट रुबाई बिस्थापित भएर गयो अनि मुक्तक स्थापित भएर आयो। हो रुबाई ओझेलियो ,मुक्तक बाहिर आयो।

यसरी बिबादको आँधीहुरी चलिरहँदा बुटवलका मुरारी पराजुलीले मुक्तक मा पि एच डी गर्न लागेको कुरा सुन्दा अर्को आँधी झोक्का थपिए जस्तो लाग्छ।यत पुर्बतिर भने रुबाईको तमसुकमा हस्ताक्षर गर्ने स्रष्टाहरु दिनानुदिन बढिरहेका छन भने उता पस्चिमतिरका स्रष्टाहरु मुक्तकमै अडिरहेका छन। यहाँ कस्ले जित्ने कस्ले हार्ने भन्ने हारजीतको कुरो हैन साँचोकुरोलाई सबैले स्वीकारौ भन्ने मात्रै हो। एउटै नियम, संरचना अनि स्वरुप मुक्तक र रुबाई रहन सक्दैनन यो साँचो कुरा हो। त्यसैले मुक्तक र रुबाईलाई बेग्ला बेग्लै बनाउनु पर्छ ताकी झ्वाट्ट हेर्दा मुक्तक र रुबाई बेग्ला बेग्लै छुट्टिनु पर्छ। त्यसैले अब मुक्तक र रुबाईको छिनोफानो गर्ने बेला आएको छ। तथापी हामीले मुक्तक पनि मान्नु पर्छ र रुबाई पनि।

अहिले सम्ममा रुबाईको तमसुकमा हस्ताक्षर गर्नेहरुमा पहिलो हस्ताक्षर युवा स्रष्टा प्रकाश आङ्देम्बे [झापा]'ग्याँस चेम्बरमा बुद्व' नै हुन।त्यसो त पुर्बाञ्चल बाट अहिले सम्ममा अनगिन्ती रुबाई संग्रहहरु प्रकाशन भैसकेका छन, भने संग्रहरुको तयारी पनि भै रहेका छन। यसको छिनोफानो गरेर नयाँ सर्जकहरुलाई स्पष्ट धारणा दिन सकियोस।मुक्तक र रुबाईको भ्रममा कसैले पनि अल्मलिनु नपरोस।

ताप्लेजुङ गजल मञ्च, ताप्लेजुङ।